उपसभामुखबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
उपसभामुखबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ । रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।