छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं : ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं : ओली

काठमाडाै‌ -नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने नीति लिनुपर्ने उनले बताए । 

एमाले विदेश विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले छिमेकीका जायज चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘दुईवटा छिमेकीसँग कार्ड खेल्ने होइन । सन्तुलित विश्वसनीय र भरपर्दो । मुखले एउटा व्यवहार अर्कै गर्ने खालको होइन, जे भनिन्छ त्यो गर्ने, एउटाको हित अर्काको अहित नगर्ने हाम्रो नीति हुनुपर्छ’, ओलीले भने, ‘छिमेकमा बसेर छिमेको अहित गर्छ भने त्यो असल छिमेकी हुँदैन । हामी छिमेकीको कुभलो गर्दैनौं, भलो चिताएर सहयोग पुर्‍याएर । जायज चासो चिन्तालाई सम्बोधन गरेर हामी अगाडि जान्छौँ ।’

अध्यक्ष ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याए । ‘हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं । सबैसँग मित्रता कसैसँग छैन, मित्रताको नीतिबाट अगाडि बढ्छौं’, ओलीले भने ।