कांग्रेसले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
कांग्रेसले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडाै‌ -नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए ।

मुख्यमन्त्रीलाई समर्थन गर्ने वित्तिकै विपक्षीमा बस्न नमिल्ने भन्दै उनले भने, ‘दुनियाँले जे सुकै भनोस्, म निर्वस्त्र हिँड्छु भन्न सक्ने अवस्था रहेन ।’ सरकारलाई चाहिने मत सत्ता पक्षसँग रहेको उनले बताए । उनले अघि भने, ‘कुनै दिन सरकार ढल्ने अवस्था आएछ भने कांग्रेस ढाल भएर उभिनेछ ।’