१३ सयले बढ्यो सुनको मूल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
१३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ - यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १३ सयले मूल्य बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख ५ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।

यो साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार सामान्य रूपले बढेको मूल्य मंगलबार र बुधबार लगातार घट्दै १ लाख ४ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जुन, हिजो शुक्रबार एकै दिन ७०० रुपैयाँ बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा पुगेको हो । यस्तै, यो साता चाँदीको मूल्य भने घटेको छ । गत साता तोलामा १३ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा आइपुगेको छ ।