अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसदकाे माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसदकाे माग

काठमाडौं - जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको निर्वाचनका सम्बन्धमा भएको छलफलको क्रममा बोल्दै सांसद् यादवले त्यसका लागि तत्कालै विधेयक ल्याएर अघि बढाउनु पर्नेमा जाेड दिए ।

उनले संविधानको व्यवस्थाअनुसार समावेशी समानुपातिक र समतामूलक समाज निर्माण बाटोमा देशलाई अघि बढाउन नसके संसद्प्रति जनताको मोह नासिएर जान सक्ने समेत बताएका छन् ।