सानिमा बैंकको नाफा कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
सानिमा बैंकको नाफा कति ?

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको खुद नाफा १९.३४% ले बढेर १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी ४७.१८% ले बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब १८ करोड १४ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा २१.४२% ले बढेर १ अर्ब ८२ करोड २० लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ५० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७२ पैसाले बढेर २० रुपैयाँ ६९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा छ ।