कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना गम्भीर बिरामी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना गम्भीर बिरामी

 काठमाडौं - काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् ।

प्रहरीले शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको जनाएको छ ।

बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् ।

घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पुर्‍याएको थियो ।

अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।