काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफामा गिरावट आएको छ ।
यसअवधिसम्ममा बैंकको खुद नाफा ३०.७४% ले घटेर ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २१.०७% ले बढेर १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष यसले ८६ करोड २४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ३३.२८% ले घटेर ४५ करोड ३९ लाख ६५ हजार रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा ६८ करोड ४ लाख रुपैयाँ भन्दा धेरै थियो । यस बैंकको इम्पेयरमेन्ट चार्ज बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले उक्त चार्ज ऋणात्मक थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९९ पैसाले घटेर १५ रुपैयाँ ७६ पैसामा झरेको छ । गत वर्षको यसैअवधिमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा रहेको छ । निष्कृय कर्जा अनुपात २.८९% बाट बढेर ४.५७% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ ।
