नेतृत्वकै कारणले कांग्रेस लथालिङ्ग भयो : जगदीश्वर नरसिंह केसी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
नेतृत्वकै कारणले कांग्रेस लथालिङ्ग भयो : जगदीश्वर नरसिंह केसी

काठमाडौँ - नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी नेतृत्वकै कारण कांग्रेस लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेका बताएका छन् । 

आइतबार बिहान बसेको शेखर कोइराला समूहको बैठकमा धारणा राख्दै नेता केसीले देशको एक नम्बर राष्ट्रिय शक्तिको रुपमा स्थापित पार्टी नेतृत्वकै कारणले लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेको बताएका हुन् । 

नेतृत्वले विधान र लोकतन्त्र विपरीतका हर्कत गर्दा इमानदार नेता तथा कार्यकर्तामा यातनामय अनुभव भइरहेको उनको भनाइ छ । ‘आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहिन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदावाजीले नेपाली कांग्रेसलाई स्खलित, कमजोर र रुग्ण बनाइएको छ’, उनले भने,  ‘जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाईदिएका छन् । तर नेतृत्वको नालायकीपनले गर्दा सत्ताप्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।’

उनले ६ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भातृसंस्थाका केन्द्रीय समितिहरू पनि मनपरी ढंगले चलिरहेको केसीले बताएका छन् ।