घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७१ दिन अगाडि
घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

 

काठमाडाै‌ -सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रुपैयाँले दुई सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ७५ कायम रहेको महासंघले जनाएको छ ।  महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।