यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा सुष्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा सुष्मा

काठमाडौं - नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् ।

आइतबार बैंककमा महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।

फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन् । अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन् । फाइनल खेल बुधबार हुनेछ ।

यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।