नेकपा माओवादीको माघ  १५ मा केन्द्रीय समिति बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
नेकपा माओवादीको माघ  १५ मा केन्द्रीय समिति बैठक

काठमाडौँ - माघ  १५ मा नेकपा माओवादी केन्द्रले केन्द्रिय समिति बैठक बोलाएको छ । 

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो । 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।  जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।