काठमाडौं - युसुफा मोकोको बोरुसिया डर्टमन्डका स्ट्राइकरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बुन्डेसलिगा क्लबले जर्मन स्ट्राइकरले सम्झौता नवीकरण गरेको जनाएको छ । सम्झौता नवीकरणसँगै उनी २०२६ सम्म डर्टमण्डमा रहने छन् । १८ वर्षीय युवा स्ट्राइकर डर्टमण्डको एकेडेमी हुँदै सिनियर टोली आएका हुन् ।
उनी २०१६ देखि डर्टमण्डमा रहेका छन् । २०२० मा डर्टमण्डको सिनियर टोलीमा डेब्यु गरेका मोकोकोले बुन्डेसलिगामा ४४ खेल खेल्दै ११ गोल गरेका छन् । जर्मनीका लागि उनले २ गोल गरेका छन् ।