प्रमुख प्रतिपक्षी दलको दावी सुविधाको लागि नभएको नारायणमान विजुक्छेंको भनाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
प्रमुख प्रतिपक्षी दलको दावी सुविधाको लागि नभएको नारायणमान विजुक्छेंको भनाई

भक्तपुर - नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले  संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ । 

४९ औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए । 

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।  कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।