काठमाडौँ - सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमितिलाई पद हस्तान्तरण भएको छ ।
बारको आज आयोजित पद हस्तान्तरण कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । साथै उपाध्यक्षमा जगदीशप्रसाद पाण्डे, सचिवमा श्यामकुमार खत्री, सहसचिवमा सुजन लोप्चन, कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल विजयी भएका छन् ।
एक महिला सदस्यमा सिर्जना कँडेल र सदस्यमा उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी प्रभुजी पन्त, अनुपराज उप्रेती, देवी रेग्मी पोखरेल विजयी भएका छन् ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जना हुने कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।