सोनाम ल्होसारः आज सार्वजानिक बिदा, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
सोनाम ल्होसारः आज सार्वजानिक बिदा, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं - आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै छ ।

सोनाम ल्होछारको अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेर मनाइँदै छ । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउछ ।

देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

आजैदेखि सुँगुर वर्ष पूरा भइ खरायाे वर्ष सुरु भएको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।