पार्टीको जिम्मेवारीबाट उपसभामुख राना अलग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
पार्टीको जिम्मेवारीबाट उपसभामुख राना अलग

काठमाडौँ - पार्टीको राजनीतिक तथा सा‌ंगठनिक जिम्मेवारीबाट अलग भएको प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले घोषणा गरेकी छन् । 

पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’  राना गत माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।