काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ।
केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो। सो केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकको जिम्मा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ।
केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन् । विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा चयन गरिएको छ । पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी तोकीएको छ ।