भारतीय अधिकारीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
भारतीय अधिकारीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्दै

काठमाडौँ - भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धि सचिव श्री प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भारतीय सहयोगमा संचालित विभिन्न बिकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको बिकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको बिकास र समृद्धिका लागि संधै सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे। भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा संचालित केही सडक योजनाको प्रगतिका बिषयमा समेत कुराकानी भएको थियो।

हाल निर्माण क्रममा रहेका बालाजु–त्रिशुली सडक र भालुबाङ–बाग्दुला–भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।