झापामा युवक-युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७३ दिन अगाडि
झापामा युवक-युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

झापा - झापामा एक जना युवक र एक जना युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको हो ।

एभरेष्ट चिया बगानमा झुण्डिएको अवस्थामा मृत भेटिएका उनीहरू प्रेमी प्रेमिका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार मृत अवस्थामा फेला पर्नेमा २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी रहेका छन् । करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेको बताइएको छ । 

घटनाबारे अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले जनाएका छन् । गत साउनमा तीन जना युवती सामूहिक रूपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासीले बताएका छन् ।