सांसद साँवाले गरे ११ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
सांसद साँवाले गरे ११ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

झापा - झापाको क्षेत्र  नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एलपी साँवाले सो क्षेत्र अन्तर्गत झापा गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत ११ जना विपन्न तथा जेहेन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण गरेका छन् ।

साँवाले सो पालिकामा पर्ने डिल्लीराज मावि र त्रिभुवन आधारभूत विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई एसइई सम्मको अध्ययनका लागि आवश्यक पर्ने विद्यालय पोसाक, स्कुल ब्याग र स्टेशनरी सामग्री समेत लाग्ने सम्पूर्ण खर्च आफ्नो निजी स्रोतबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका समस्याहरूको स्थलगत जानकारी लिने क्रममा सोमबार ती विद्यालयमा पुगेका साँवाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरु माझ त्यस्तो प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराएका हुन् । त्यस अवसरमा विद्यालयले सांसद साँवालाई स्वागत गर्दै आवश्यकता र समस्याहरूको बारेमा जानकारी गराएका थिए ।