ललितपुर - ललितपुरको एक कागज गोदाममा आगलागी भएको छ।
सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको हो । उक्त कारखानामा सोमबार राती दस बजेतिर आगो लागेको बताइएको छ ।
चार वटा दमकल, प्रहरीलगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।