एजेन्सी - स्पाइसजेटको दिल्लीबाट हैदरावादको उडानमा क्याबिन क्रुका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक यात्रुलाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अधिकारीहरूले मंगलबार यो जानकारी दिएका हुन् । क्याबिन चालक दलका सदस्यका तर्फबाट एयरलाइन्सका सुरक्षा अधिकृतले उजुरी दिएको उनले बताए ।
दिल्लीबाट हैदराबाद जाँदै गरेको स्पाइसजेटको उडान–८१३३ मा केबिन क्रु सदस्यसँग यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा सोमबार साँझ ४ः३९ बजे पीसीआर कल गरिएको थियो ।
उडान भर्ने क्रममा यात्रुले केबिन क्रुकी महिला सदस्यसँग दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसपछि उनलाई उडानबाट डिबोर्ड गरिएको र स्पाइसजेटको सुरक्षा र पीसीआर कर्मचारीले उनलाई प्रहरी चौकीमा लगेको प्रहरीले जनाएको छ ।
उनीमाथि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डा प्रहरी स्टेशनमा यौन उत्पीडन अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरिएको छ ।