‘द ब्रिटिश कलेज अलुम्नाई २०२३’ कार्यक्रम सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
‘द ब्रिटिश कलेज अलुम्नाई २०२३’ कार्यक्रम सम्पन्न

 काठमाडाै‌ -द ब्रिटिश कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्वविद्यार्थीहरूको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ ।

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिश कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरूलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो । कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्वविद्यार्थीहरू, स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिहरूको उपस्थिति रहेको थियो ।

साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति थियो । कार्यक्रमको उद्घाटन ब्रिटिश कलेजका सीईओ राजन कँडेलले गरेका थिए । कँडेलले कार्यक्रमको उद्घाटन गर्दै भने,‘पुराना साथीहरूसँग भेटघाट गर्नुका साथै, यो कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूले छोडेदेखि हामीले के गर्दछौँ र केकस्ता नयाँ अवसरहरू उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ । जस्तै ब्राण्ड न्यु इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौँ ।’

कार्यक्रममा कलेजका पूर्वविद्यार्थीहरू, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सीईओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए । साथै एडमिन तथा मार्केटिङका हेड अमरदीप मण्डलले आफ्नो मन्तव्य दिएका थिए । विभिन्न विषयमा छलफल तथा डिनरसँगै कार्यक्रम समापन भएको थियो ।