काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले गोलकिपर विशाल सुनारलाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले सामाजिक संजालबाट गोलकिपर विशाललाई अनुबन्ध गरिएको जनाएको छ । फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि विशाललाई दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यस अघि फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको थियो ।
विशालले अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए । नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।