श्रीलंकाको वैदेशिक रोजगार ब्युरोद्वारा राज्यकोषमा ८.२ मिलियन अमेरिकी डलर योगदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६९ दिन अगाडि
श्रीलंकाको वैदेशिक रोजगार ब्युरोद्वारा राज्यकोषमा ८.२ मिलियन अमेरिकी डलर योगदान

कोलम्बो - श्रीलंकाको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ ।

सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको ३ अर्ब राज्य कोषलाई  सोमबार हस्तान्तरण गरिएको बताए । रोजगारीका निम्ति विदेश जाने नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम संकलन भएको हो । 

राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिनेछ । यस्तै, १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले  बताए । गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई ३ अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको यहाँको केन्द्रीय बैंकले जनाएको छ ।