प्रधानमन्त्री दाहाल संसद भवनबाट बाहिर निस्के लगत्तै एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
प्रधानमन्त्री दाहाल संसद भवनबाट बाहिर निस्के लगत्तै एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं - मंगलबार दिउँसो संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।