काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था हिजो देखिको निराशा र पीडा निम्त्याएको परिणाम भएको बताएका छन् ।
उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका छन् ।
उनले भनेका छन्- दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।