क्रोएसिया पठाउने नाममा ८ लाख ठगी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
क्रोएसिया पठाउने नाममा ८ लाख ठगी

काठमाडौँ -  क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको बताए । 

क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । एसपी कोइरालाले आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको बताएका छन् ।