काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरुद्ध बोल्ने मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएको भोलिपल्टै सत्ता साझेदार राप्रपाका महामन्त्री शरद पाठकले संघीयता खारेजीका लागि संसदमा विधेयक नै पेश गर्नसकिने बताएका छन् ।
पाठकले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई संविधानको स्मरण गर्न सुझाएका हुन् ।
पाठकले लेखेका छन्,‘प्रधानमन्त्री प्रचण्डलाई संविधान स्मरण गराउनु पर्ने भयो । संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनतालाई मात्र अपरिवर्तनीय मानेको छ । यी बाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्ने मात्र हैन, संशोधन वा खारेज गर्न सदनमा विधेयक नै पेश गर्न सकिन्छ ।’