मधेश प्रदेशका २ सांसदले आज शपथ लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
मधेश प्रदेशका २ सांसदले आज शपथ लिने

काठमाडौं - नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् ।

रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।

दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।