एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा सुष्मालाई रजत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा सुष्मालाई रजत

काठमाडौं - थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ पराजित भएकी छिन् ।

बुधबार बैंककमा भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् । सुष्मालाई अंकको आधारमा ५-० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् । फाइनलमा पराजित भएपनि सुष्माले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

यस अघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी थिइन् । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन् । प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष /महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।