ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता यथावत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता यथावत

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित ८३ औं स्थानमा यथावत रहेका छन् । बलिङतर्फ सन्दीप लामिछानेले ४५ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् । बलिङतर्फ भने न्युजिल्याण्डका तिव्रगतिका बलर ट्रेन्ट बोल्टलाई पछि पारेर भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा उक्लिएका छन् । एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।