काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि बुधबार बहस हेर्दाहेर्दैमा राखिएको छ ।
बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आउँदो शुक्रबारका लागि अर्को पेसी तोकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । स्र्वाेच्चले यस मुद्दालाइ अग्राधिकार दिएकाे छ ।