भारतीय दूतावासले मनायो ७४ औं गणतन्त्र दिवस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७१ दिन अगाडि
भारतीय दूतावासले मनायो ७४ औं  गणतन्त्र दिवस

काठमाडाै‌ - काठमाडौंस्थित भारतीय राज दूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ ।

बिहीवार राज दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।  सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो । 

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुको साथै राष्ट्रपतिको सन्देश पढेर सनाएका थिए । दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।