काठमाडौं– बिहीबार सम्पन्न वसन्त पञ्चमीका दिन काठमाडौँ मध्यबानेश्वरमा अवस्थित काठमाडौँ शिक्षालयका साथै यस अन्तर्गत रहेका प्रि–स्कुलहरू ‘टचउड किड्स भिल्ला’, मध्यबानेश्वर र कलंकी स्थित ‘वन्डल्र्याण्ड किन्डरगार्र्डेन’ले भव्यताका साथ श्री सरस्वती भगवतीको पूजा अर्चना सु–सम्पन्न गरेका छन् ।
उक्त अवसरमा सानासाना विद्यार्थी भाइबहिनीहरूले आफ्ना उत्कृष्ट नृत्य, गायन कलाहरू प्रर्दशन समेत गरेका थिए।
यस काठमाडौँ शिक्षालयले विद्यार्थीहरूलाई पढाइलेखाइमा मात्र केन्द्रित नगराई उनीहरूको सर्वाङ्गीण विकासको लागि उपयोगी हुने विभिन्न क्षेत्रमा अग्रसर गराई प्रतिभा प्रष्फुटनमा समेत निरन्तर लागिरहेको व्यहोरा विद्यालयका अध्यक्ष श्री प्रकाश राज पाण्डेले बताउनु भयो । उक्त अवसरमा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
वसन्त पञ्चमी तथा श्रीपञ्चमी आज देशभर विद्या, कला, सङ्गीत र संस्कृतिकी आराध्या देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आजबाट वसन्त ऋतु सुरु हुने जनविश्वास समेत रहेको छ । कठ्यांग्रिने जाडोबाट कोइलीको कुहुकुहु गुञ्जिने ऋतुराज वसन्तको शुरुवातमा स्वागत गदै यो पर्व मनाइन्छ । यस दिनमा बाबुनानीहरूलाई अक्षरारम्भ गराउँदा बालबालिकाहरू पढाइलेखाइमा तेजिला हुने विश्वास पनि रहेको पाइन्छ ।