सुनको मुल्य घटेर आज कतिमा कारोबार ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७७ दिन अगाडि
सुनको मुल्य घटेर आज कतिमा कारोबार ?

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच हजार आठ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख छ हजार चार सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।