काठमाडौं - पछिल्लो समय चलनचल्तीको नोट घट्दै गएको छ । केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो समय चलनचल्तीको नोट घट्दै गएको देखाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्म ६ खर्ब १ करोड १६ लाख ९२ हजार रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको जनाएको छ । असार मसान्तसम्ममा यस्तो नोट ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तको तुलनामा अहिले बजारमा चलनचल्तीमा रहेको नोट घटेको देखिएको छ । साथै, अघिल्लो महिना अर्थात मंसिरको तुलनामा १६ अर्ब ५३ करोड रुपैयाँभन्दा कम हो । नेपालमा नोटको प्रयोगको तुलनामा पछिलो समय डिजिटल भुक्तानी बढेको छ । त्यसैले चलनचल्तीको नोट घटेको हो ।
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थामा रहेको नोटलाई चलनचल्तीमा रहेको नोटमा गणना हुँदैन । मान्छेका हात–हातमा रहेको, सहकारी संस्था तथा अन्य संघसंस्थासँग रहेको नोटलाई मात्र चलनचल्तीमा रहेको नोटमा गणना गरिन्छ ।