'केपी ओली कप' फागुन ११ बाट,आयोजक सहित सात क्लबले प्रतिस्पर्धा गर्ने

विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७० दिन अगाडि
'केपी ओली कप' फागुन ११ बाट,आयोजक सहित सात क्लबले प्रतिस्पर्धा गर्ने

काठमाडौं- राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ । टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ । नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष किरण पौडेलले पछिल्लो समय प्रमुख समस्याको रुपमा देखापरेको खेलाडी पलायन रोक्न र फुटबल खेलेरै बाँच्न पाउने अवस्था बनाउन सहयोग गर्न प्रतियोगिता आयोजना गरेको बताए।

युवा संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकसहित आठ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० हजार प्रदान गरिने  विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताको उद्घाटन खेल च्यासलमा र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने संघका महासचिब क्षितिज थेबेले जानकारी दिए। प्रतियोगिताको फाइनल दशरथ रंगशालामा हुने पनि महासचिब थेबे ले बताए। 
अर्का बक्ता एन्फाका उपाध्यक्ष दिपक खतिवडाले  केपि ओली कप प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि यसका लागि स्वीकृति दिइसकेको र  प्राबिधिक सहयोग र केही सामाग्री सहयोग गर्नेमा प्रतिबद्दता जनाए। 
“युवाहरूमाझ फुटवल विकासका लागि चासो जगाउन, खेलाडीहरूको आयआर्जन वृद्धि गर्दै पलायन दरलाई कम गर्न, खेलाडीहरुको सीप विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा योग्य खेलाडीहरु निर्माण गर्न यो प्रतियोगिता प्रभावकारी हुने युवा संघ को दाबी छ।