जुम्लाका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
जुम्लाका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्ला - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

अख्तियारले शाहीसहितका व्यक्तिले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ । तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । ‘निजहरु कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएको छ’, अख्तियारले भनेको छ । साथै उनीहरुबाट ८१ हजार ८२२ विगो कायम गरी असुलउपर गर्न अख्तियारले माग गरेको छ ।