पूर्वसचिव खनालले सरिता शर्मा संग सुरू गरे नयाँ वैवाहिक जीवन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
पूर्वसचिव खनालले सरिता शर्मा संग सुरू गरे नयाँ वैवाहिक जीवन

काठमाडौं - पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् ।

बिहीबारदेखि खनालले सरिता शर्मा पोखरेलसँग नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् । २१ असोज, २०७६ मा खनालकी श्रीमती सचित्रा खानलको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।

खनालर र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।