इराकमा १४ जना आतंककारीलाई मृत्युदण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७० दिन अगाडि
इराकमा १४ जना आतंककारीलाई मृत्युदण्ड

बगदाद - इराकी अदालतले इराकका कम्तीमा पनि १४ जना आतंककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो ।  नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो । सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतंककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए । 

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए । 

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।