माघ १६ गते माओवादीको अर्को बैठक बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९८ दिन अगाडि
माघ १६ गते  माओवादीको अर्को बैठक बस्ने

काठमाडौं  - माघ १६ गते  नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक बस्नेगरी सकिएको छ । 

स्थायी समिति सदस्य विश्वनाथ साहले माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको जानकारी दिएका छन् ।

निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।