गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला सुनाउँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला  सुनाउँदै

काठमाडौँ - गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ ।  

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसला सुनाउने तयारी भएको हो । फैसला सुनाइने तयारी भएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए ।  यस्तै  निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो ।