भारत पठाइने शिला जनकपुरधाममा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७९ दिन अगाडि
भारत पठाइने शिला जनकपुरधाममा

जनकपुरधाम - भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । 

शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर)लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरिँदै छ ।

विशेष पूजामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रतिनिधिसभा सदस्य जुली महतोको उपस्थिति छ ।

उक्त शिला आउँदो बिहीबारसम्म अयोध्या पठाइनेछ ।