काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको हो । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ । रवि लामिछानेले आज काठमाडौंबाट नगरिकता लिनका लागि काठमाडौं जिल्ला कार्यालय पुगेका छ्न ।। पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।