इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु

काठमाडौं - शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ ।

दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् । 

इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ । भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् ।