विद्यालय तहको आगामी शैक्षिक सत्र वैशाख १ देखिनै सुरु हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३४ दिन अगाडि
विद्यालय तहको आगामी शैक्षिक सत्र वैशाख १ देखिनै सुरु हुने

काठमाडौँ -विद्यालय तहको आगामी शैक्षिक सत्र वैशाख १ देखिनै सुरु हुनेभएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले  वैशाख १ देखि नै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र जेठदेखि सुरु गरिएको थियो ।

 

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र वैशाख १ बाट सुरु हुने गरी अगाडी बढ्न निर्देशन दिएको छ