डिसहोमको अध्यक्षमा सांसद भट्टचन चयन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७४ दिन अगाडि
डिसहोमको अध्यक्षमा सांसद भट्टचन चयन

काठमाडौं - डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख व्यक्ति भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

भट्टचनले केही समयका लागि आफू अध्यक्ष चयन भएको बताए । उनी प्रभु टीभीका संस्थापकसमेत हुन् । प्रभु डिसहोममा मर्ज भइसकेको छ ।बागलुङका भट्टचन सफल व्यवसायी हुन् । बैंक, बीमा, हेलिकोप्टरलगायत क्षेत्रमा उनको व्यवसाय छ । 
यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए ।