राहदानी विभागद्वारा बिधुतिय राहदानी वितरणलाई सहज बनाउन नयाँ व्यवस्था

दैनिक १५०० अग्रिम आवेदन लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७९ दिन अगाडि
राहदानी विभागद्वारा बिधुतिय राहदानी वितरणलाई सहज बनाउन नयाँ व्यवस्था

काठमाडौं- राहदानी विभागले विद्युतीय राहदानीअहिले विभागले दैनिक एक हजार ८०० आवेदन लिइरहेको छ । यसमा अब थप दैनिक एक हजार ५०० आवेदन लिने भएको हो । अहिले विभागले दैनिक ६ हजार राहदानी छपाइ गरिरहेको छ। 

विभागले अहिले नियमित सेवाअन्तर्गत ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट विद्युतीय राहदानी जारी गरिरहेको छ ।  वितरणलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ । विभागले अब प्रत्येक दिन एक हजार ५०० अग्रिम आवेदन लिने भएको छ ।

जसलाई तत्कालै राहदानी आवश्यक परेको छ, उनीहरूले द्रुत सेवामा राहदानी विभागबाट राहदानी लिन सक्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाअनुसार राहदानीका लागि बायोमेट्रिक्स दिएपछि सबै विवरणहरू सही भएमा तीन दिनभित्र राहदानी पाउने व्यवस्था छ ।

यस व्यवस्थालाई थप सहज बनाउनका लागि विभागले तीन नयाँ व्यवस्था गरेको छ । विभागले एक विज्ञप्तिमार्फत विभिन्न बुँदामा अनुरोध गरेको हो ।